१२ जेष्ठ २०८३, मंगलवार

फिफा विश्वकप खेल्ने इङ्ल्यान्ड टोलीको घोषणा

कोलोराडोखबर संवाददाता , May 26th, 2026

अमेरिका । आगामी जुन ११ देखि जुलाई १९ तारिखसम्म अमेरिका, क्यानडा र मेक्सिकोमा आयोजना हुने फिफा विश्वकप–२०२६ का लागि इङ्ल्यान्ड टोलीको घोषणा भएको छ ।

इङ्ल्यान्डले ह्यारी केनको कप्तानीमा विश्वकप टोलीको घोषणा गरेको हो । केन तेस्रो पटक विश्वकप टोलीका पर्नुभएको हो । सन् १९६६ को विश्वकप विजेता टोली इङ्ल्यान्ड यस पटकको विश्वकपमा समूह ‘एल’ मा रहेको छ ।

यस समूहमा क्रोएसिया, घाना र पानामा रहेको छ । नेपाली मितिअनु्सार इङ्ल्यान्डले असार ४ गते क्रोएसियासँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ ।

इङ्ल्यान्ड विश्वकप टोली:

गोलरक्षक : डीन हेन्डरसन (क्रिस्टल प्यालेस), जोर्डन पिकफोर्ड (एभर्टन) र जेम्स ट्राफोर्ड (म्यानचेस्टर सिटी)

रक्षक : डान बर्न (न्यूक्यासल युनाइटेड), मार्क गुएही (म्यानचेस्टर सिटी), रीस जेम्स (चेल्सी), एज्री कोन्सा (एस्टन भिल्ला), टिनो लिभ्रामेन्टो (न्यूक्यासल युनाइटेड), निको ओरेली (म्यानचेस्टर सिटी), जारेल क्वान्सा (बायर लेभरकुसेन), जेड स्पेन्स (टोटनह्याम हटस्पर), जोन स्टोन्स (म्यानचेस्टर सिटी)

मिडफिल्डर : इलियट एन्डरसन (नोटिङ्घम फरेस्ट), जुड बेलिङ्घम (रियल म्याड्रिड), एबेरेची एजे (आर्सनल), जोर्डन हेन्डरसन (ब्रेन्टफोर्ड), कोबी मैनु (म्यानचेस्टर युनाइटेड), डेक्लान राइस (आर्सनल) र मोर्गन रोजर्स (एस्टन भिल्ला)

स्ट्राइकर : एन्थोनी गोर्डन (न्यूक्यासल युनाइटेड), ह्यारी केन कप्तान (बायर्न म्युनिख), नोनी माडुके (आर्सनल), मार्कस रासफोर्ड (बार्सिलोना–म्यानचेस्टर युनाइटेडबाट लोन), बुकायो साका (आर्सनल), इभान टोनी (अल–अहली) र ओली वाटकिन्स (एस्टन भिल्ला)

प्रतिक्रिया दिनुहोस्