११ जेष्ठ २०८३, सोमबार

सिङ्गापुरमा हुने क्वालिफायरका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली घोषणा

कोलोराडोखबर संवाददाता , May 25th, 2026

नेपाल । नेपाल क्रिकेट संघ (क्यान) ले सिङ्गापुरमा हुने मेन्स एसियन गेम्स क्वालिफायर २०२६ का लागि नेपाली राष्ट्रिय क्रिकेट टोली घोषणा गरेको छ ।

प्रतियोगिता मे ३१ देखि जुन ९ तारिखसम्म सञ्चालन हुने उक्त प्रतियोगिताका लागि १४ सदस्य नेपाली खेलाडी छनोट गरेको क्यानद्वारा जारी विज्ञप्तिमा जनाएको छ ।

छनोट हुने टोलीको कप्तानमा दीपेन्द्रसिंह ऐरी रहेका छन्। त्यस्तै टोलीमा कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, सन्दीप जोरा, कुशल मल्ल, लोकेश बम, सन्दीप लामिछाने, सोमपाल कामीलगायतका खेलाडी समावेश छन्। त्यसैगरी, करण केसी, आरिफ शेख, शाहब आलम र भीम सार्की पनि रहेका छन्।

प्रतिक्रिया दिनुहोस्