८ जेष्ठ २०८३, शुक्रबार

बोस्टन विश्वविद्यालयमा पढेका विद्यार्थी संस्थापक रहेको कक्रोच जनता पार्टीको भारतमा तहल्का

कोलोराडोखबर संवाददाता , May 22nd, 2026

नेपाल । के एउटै व्यक्ति बेरोजगार, अल्छी, जति बेला पनि अनलाइन बसिरहने र गनगने हुन्छरु यिनै योग्यता भएका व्यक्तिलाई लक्षित गरी भारतमा कक्रोच जनता पार्टी (सीजेपी) खोलिएको छ।

यसलाई कतिपयले नयाँ राजनीतिक संगठनका रूपमा टिप्पणी गरिरहेका छन् भने कतिले व्यङ्ग्यात्मक राजनीतिक प्रयोग।

सीजेपी आफैँले भने यसलाई युवाका लागि युवाहरूद्वारा बनाइएको युवाहरूको राजनीतिक मञ्चका रूपमा दाबी गरेको छ। केही दिनमा यस अभियानमा हजारौँ युवाहरू जोडिएका छन्। यस पार्टीका संस्थापक बोस्टन विश्वविद्यालयमा जनसम्पर्क पढिरहेका ३० वर्षीय विद्यार्थी अभिजित दिपके हुन्।

उनी सन् २०२० देखि २०२३ सम्म आम आदमी पार्टी (आप) को सोसल मिडिया टिममा स्वयंसेवीका रूपमा कार्यरत थिए। एक्समा ४० हजार र इन्स्टाग्राममा ४ लाख २० हजारभन्दा बढी फलोअर जोडिसकेका छन्।

सीजेपीले आफ्नो पार्टीमा १ लाख सदस्य बनिसकेको दाबी गरेको छ। यति मात्र होइन, महुआ मोइत्रा र कीर्ति आजादजस्ता तृणमूल कांग्रेसका सांसदले पनि ठट्यौली शैलीमा पार्टीमा आबद्ध हुने बताएका थिए।

सीजेपीले आफूलाई ‘वर्तमान व्यवस्थाबाट निराश मानिसहरूको आवाज भएको दाबी गरेको छ।

त्यसो त पार्टीको नामलाई लिएर पनि विभिन्न टीकाटिप्पणी भइरहेका छन्। कतिपयले भारतीय प्रधानन्यायाधीश सूर्यकान्तको कथित अभिव्यक्तिमा आधारित रहेको पनि बताएका छन्। सूर्यकान्तले युवालक्षित यस्तै अभिव्यक्ति दिएका थिए।

सूर्यकान्तले भनेका थिए, केही युवा कक्रोच जस्तै हुन्छन्। जो जागिर पाउँदैनन्, उनीहरू मिडिया, सोसल मिडिया वा आरटीआई अभियन्ता बनेर सिस्टममाथि आक्रमण गर्छन्।

पछि उनले आफ्नो भनाइ तोडमोड गरेर प्रस्तुत गरिएको समेत दाबी गरे।

तर सीजेपीका संस्थापक अभिजित दिपकेले यसलाई रमाइलो पारामै जवाफ फर्काएका छन्। उनले भनेका छन्, ‘कक्रोच जनता पार्टीको संस्थापक भएको नाताले म यस स्पष्टीकरणको निन्दा गर्छु।’

प्रतिक्रिया दिनुहोस्