२८ बैशाख २०८३, सोमबार

विजयले लिए तमिलनाडुको मुख्यमन्त्रीको शपथ

कोलोराडोखबर संवाददाता , May 11th, 2026

नेपाल । दक्षिण भारतीय चलचित्रका सुपरस्टार तथा तमिलागा वेत्री कडगम (टीभीके) का अध्यक्ष सी जोसेफ विजयले तमिलनाडुको नवौँ मुख्यमन्त्रीका रूपमा पद तथा गोपनीयताको शपथ लिएका छन्।

चेन्नईमा आयोजित भव्य समारोहका बीच उनले आफ्नो मातृभाषा तमिलमा शपथ लिँदै राज्यको शासन सत्ताको बागडोर सम्हालेका हुन् । समारोहमा भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धीको उपस्थिति रहेको थियो ।

शपथ ग्रहणका क्रममा एक रोचक र केही विवादास्पद दृश्य समेत देखिएको थियो । शपथ लिने क्रममा विजयले निर्धारित शपथको संवैधानिक पाठभन्दा बाहिरका भावनात्मक र राजनीतिक कुराहरू बोल्न थालेपछि राज्यपाल राजेन्द्र विश्वनाथ आर्लेकरले उनलाई तत्कालै रोकेका थिए । राज्यपालले उनलाई केवल लेखेर दिइएको औपचारिक शपथ मात्र वाचन गर्न निर्देशन दिएपछि विजयले पुनः निर्धारित पाठ नै पढेर शपथ प्रक्रिया पूरा गरेका थिए ।

विजयसँगै उनको नयाँ मन्त्रिमण्डलमा ९ जना मन्त्रीहरूले पनि पदको शपथ लिएका छन्।

प्रतिक्रिया दिनुहोस्