२५ बैशाख २०८३, शुक्रबार

काँग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको सदस्यमा डा. यादव पण्डित नियुक्त

कोलोराडोखबर संवाददाता , May 8th, 2026

नेपाल । नेपाली कांग्रेसका उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माले मंगलबार प्रतिष्ठानको सदस्यमा ३९ जनालाई नियुक्त गरेका छन् ।

यस नियुक्तिमा प्रवासमा रहेर पनि नेपाली राजनीति र प्राज्ञिक क्षेत्रमा निरन्तर सक्रिय रहँदै आएका प्रभावशाली व्यक्तित्व डा. यादव पण्डितले महत्वपूर्ण जिम्मेवारी पाएका छन् ।

नेपाल विद्यार्थी संघका पूर्व महामन्त्री समेत रहेका डा. पण्डितलाई प्रतिष्ठानमा ‘प्रवास’ क्षेत्रको प्रतिनिधित्व गर्दै सदस्य पदमा मनोनित गरिएको हो । उनी जयनेपाल इन्टरनेशनल फाउण्डेशनका संस्थापक अध्यक्ष हुन् । उनी हाल अमेरिकामा बस्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्