नेपाल । बार्सिलोना स्पेनिस ला लिगाको उपाधि नजिक उभिएको छ । लिगअन्तर्गत शनिबार राति भएको खेलमा ओसासुनालाई २–१ गोलले हराउँदै बार्सिलोनाले उपाधि होड बलियो बनाएको हो ।
बार्सिलोनाको जितमा रोबर्ट लेवान्डोस्कीले ८१औँ र फेरान टोरेसले अन्तिम समयमा गोल गर्नुभयो । राउल गार्सियाले ८९औँ मिनेटमा एक गोल फर्काएनुभयो ।
यस जितसँगै बार्सिलोनाले यसै साता उपाधि जित्ने सम्भावना बढेको छ । बार्सिलोना ३४ खेलबाट ८८ अङ्क बनाएको छ । बार्सिलोनाले दोस्रो स्थानमा रहेको रियल म्याड्रिडलाई १४ अङ्कले पछि पारेको छ ।
दोस्रो स्थानमा रहेको रियलको अहिले ३३ खेलबाट ७४ अङ्क छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्