१९ बैशाख २०८३, शनिबार

अमेरिकामा ३ नेपाली सम्पर्कविहीन, खोजीका लागि अपिल

कोलोराडोखबर संवाददाता , May 2nd, 2026

नेपाल । अमेरिकाको वाशिङ्टन डीसीस्थित नेपाली दूतावासले तीन नेपाली बेपत्ता भएको उल्लेख गरेको छ ।

दूतावासले बेपत्ता भएका ती नेपाली नागरिकको खोजीका लागि सार्वजनिक सहयोगको अपिल समेत गरेको छ ।

पवन गैरे, विकास न्यौपाने र केशव कार्की सम्पर्कविहीन भएका हुन् ।

परिवारले कार्कीसँग सम्पर्क टुटेको बताउँदै उनको अवस्थाबारे जानकारी हुने जो कोहीले +९७७-९८६-२६७५२१३ मा व्हाट्सएपमार्फत सम्पर्क गर्न अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्