नेपाल । भरतपुर महानगरपालिका ले आफ्नो अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धन रणनीतिलाई थप सुदृढ गर्दै सोमनाथ सापकोटालाई अन्तर्राष्ट्रिय पर्यटन संयोजकको रूपमा नियुक्त गरेको छ।
बुधबार कार्यवाहक मेयर चित्रसेन अधिकारीले सापकोटालाई नियुक्तिपत्र औपचारिक रूपमा हस्तान्तरण गरेका हुन् । यस अवसरले भरतपुरलाई अन्तर्राष्ट्रिय स्तरमा थप स्थापित गर्ने र पर्यटन गन्तव्यको रूपमा यसको पहिचान सुदृढ गर्ने प्रतिबद्धतालाई पुनः पुष्टि गरेको छ।
सापकोटा, विदेशी नागरिकता प्राप्त गैरआवासीय नेपाली हुन् । उनी हाल गैरआवासीय नेपाली संघ (एनआरएनए) का प्रवक्ता तथा पर्यटन प्रवर्द्धन समितिका संयोजक हुन् ।
उनले नेपालको पर्यटन अन्तर्राष्ट्रिय रूपमा प्रवर्द्धन गर्न महत्वपूर्ण योगदान दिँदै आएका छन् तथा विभिन्न अन्तर्राष्ट्रिय साझेदारी विस्तारमा सक्रिय भूमिका निर्वाह गरेका छन् ।
यसअघि उनले “भिजिट भरतपुर २०२४” अभियानको अन्तर्राष्ट्रिय संयोजकको रूपमा काम गर्दै भरतपुरलाई विश्व बजारमा चिनाउन महत्वपूर्ण भूमिका खेलेका थिए ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्