नेपाल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रवास विभाग प्रमुखमा केन्द्रीय सचिवालय सदस्य दीपक बोहोरालाई नियुक्त गरेको छ ।
रास्वपा सचिवालको आइतबार बसेको बैठकले बोहोरालाई उक्त जिम्मेवारी दिने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।
यसअघि प्रवास विभाग प्रमुख रहेका डीपी अर्याल सभामुख बनेसँगै उक्त पद रिक्त भएको थियो । सोही रिक्त पदमा सांसद बोहोरालाई जिम्मेवारी दिइएको पार्टीले जनाएको छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्