६ बैशाख २०८३, आईतवार

एनआरएनएद्वारा आइएलओको सहकार्यमा रणनीतिक क्षमता अभिवृद्धि कार्यशाला सुरु

कोलोराडोखबर संवाददाता , April 19th, 2026

नेपाल । गैरआवासीय नेपाली संघ (एनआरएनए) र अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को सहकार्यमा चार दिने आवासीय रणनीतिक क्षमता अभिवृद्धि कार्यशाला सुरु भएको छ।

यस कार्यशालामा मध्यपूर्वका देशहरू सहित मलेसिया (राष्ट्रिय समन्वय समिति) का पदाधिकारीहरूको सहभागिता रहेको छ।

कार्यशालाको मुख्य उद्देश्य एनआरएनए अन्तर्गतका एनसीसी तथा सचिवालयका कर्मचारीको समेत क्षमता अभिबृद्दि गरि समग्र संरचनालाई थप सुदृढ, सक्षम र प्रभावकारी बनाउनु रहेको छ। यसमार्फत संस्थागत क्षमता विकास, नेतृत्व सुदृढीकरण तथा समन्वय प्रणालीलाई अझ व्यवस्थित बनाउने लक्ष्य राखिएको छ।

प्रतिक्रिया दिनुहोस्