५ बैशाख २०८३, शनिबार

विश्वकप लिग-२ का लागि नेपाली टोलीको घोषणा

कोलोराडोखबर संवाददाता , April 18th, 2026

नेपाल । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत युएई र ओमान सम्मिलित त्रिकोणात्मक शृङ्खलाका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाली राष्ट्रिय टोलीको घोषणा गरेको छ ।

क्यानले शुक्रबार नियमित कप्तान रोहित पौडेलको नेतृत्वमा १५ सदस्यीय टोली सार्वजनिक गरेको हो ।

घोषित टोलीको उपकप्तानमा दीपेन्द्रसिंह ऐरी रहनुभएको छ । युएई विरुद्धको टी–२० शृङ्खलामा आराम दिइएका कप्तान रोहित लिग–२ को एकदिवसीय शृङ्खलाको कप्तान बन्नुभएको हो ।

रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, आरिफ शेख, बसिर अहमद, गुल्सन झा, सोमपाल कामी, सन्दीप लामिछाने, ललित राजवंशी, विनोद भण्डारी, नन्दन यादव, अर्जुन कुमाल र करण केसी रहनुभएको छ ।

क्यानले वैकल्पिक खेलाडीका रूपमा हेमन्त धामी, शेर मल्ल, रिजन ढकाल, इशान पाण्डे र देव खनाललाई राखेको छ ।

प्रतिक्रिया दिनुहोस्