३० चैत्र २०८२, सोमबार

स्पेनिस ला लिग फुटबलः बार्सिलोनाको स्पान्योलविरुद्ध सानदार जित

कोलोराडोखबर संवाददाता , April 13th, 2026

नेपाल । स्पेनिस ला लिग फुटबलको शीर्ष टोली बार्सिलोनाले स्पान्योलविरुद्ध सानदार जित निकालेको छ ।

घरेलु मैदानमा शनिबार राति भएको खेलमा बार्सिलोनाले स्पान्योललाई ४–१ गोलले हरायो । बार्सिलोनाको जितमा फेरान टोरेसले नवौँ र २५औँ मिनेटमा दुई गोल गर्नुभयो ।

यस्तै लामिन यमलले ८७औँ र मार्कुस रासफोर्डले ८९औँ मिनेटमा गोल गर्दै बार्सिलोनालाई सजिलै जिताउनुभयो । स्पान्योलका लागि पोल लोजानोले ५६औँ मिनेटमा गर्नुभएको गोल सान्त्वना बन्यो ।

जितसँगै शीर्षस्थानमा रहेको बार्सिलोनाले ३१ खेलबाट ७९ अङ्क बनाएको छ । दोस्रो स्थानमा रहेको रियल म्याड्रिडको समान खेलबाट ७० अङ्क छ । पराजित स्पान्योल ३८ अङ्कसहित १०औँ स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्