२९ चैत्र २०८२, आईतवार

स्पेनमा नेपाली घर (मन्दिर) बनाउनको लागि ३ लाख युरो संकलन

कोलोराडोखबर संवाददाता , April 12th, 2026

नेपाल । स्पेनस्थित नेपाली समुदायले बार्सिलोनामा नेपाली घर (मन्दिर) बनाउनको लागि ५ करोड भन्दा बढी संकलन गरेका छन् ।

गैरआवासीय नेपाली संघ स्पेनका प्रवक्ता रमेश खनालका अनुसार गैर–आवासीय नेपाली संघ स्पेनको आयोजनामा बार्सिलोनामा सञ्चालित ५ दिने ‘स्पेन आध्यात्मिक महोत्सव २०२६’ मा ३ लाख युरो (५ करोड २१ लाख नेपाली रुपैयाँ) भन्दा बढीको आर्थिक संकलन भएको हो ।

महोत्सवमा वाचन शिरोमणि पण्डित श्री दीनबन्धु पोखरेलको मुखारविन्दबाट प्रवाहित आध्यात्मिक प्रवचनले वातावरण भक्तिमय बनेपछि नेपाली समुदायले मन फुकाएर आ–आफ्नो आर्थिक प्रतिबद्धता घोषणा गरेका थिए । आर्थिक प्रतिबद्धता जाहेर गर्नेहरूलाई आगामी महिनाभित्र संस्थाको खातामा पैसा संकलन गर्न आग्रह गरिएको खनालले जनाए ।

प्रतिक्रिया दिनुहोस्