२९ चैत्र २०८२, आईतवार

आइपिएलमा पञ्जाब किंग्स र चेन्नाई सुपर किंङ्स विजयी

कोलोराडोखबर संवाददाता , April 12th, 2026

नेपाल । इण्डियन प्रिमियर लिग (आइपिएल) मा पञ्जाब किंग्स र चेन्नाई सुपर किंङ्स विजयी भएका छन्।

चौथो खेलमा तेस्रो जित हासिल गर्नेक्रममा घरेलु मैदानमा भएको खेलमा पञ्जाबले सनराइजर्स हैदराबादलाई ६ विकेटले परजित गर्यो। हैदराबादले दिएको २२० रनको लक्ष्य पञ्जाबले १८ दशलमव ५ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो।

पञ्जाबको जितमा ३ अर्धशतक निर्णायक रहे । पञ्जाबका लागि ओपनरद्वय प्रभसिमरन सिंह र प्रियान्श आर्य तथा कप्तान श्रेयस अय्यरले अर्धशतक प्रहार गरे। पञ्जाबका कप्तान अय्यरले अविजित रहेर सर्वाधिक ६९ रनको इनिङ खेले।

ओपनर प्रियान्शले ५७ रनको इनिङ खेले। प्रियान्शले अर्का ओपनर प्रभसिमरनसँग मिलेर पहिलो विकेटका लागि ३८ बलमा ९९ रनको साझेदारी गरे। प्रभसिमरन ५१ रनको इनिङ खेल्दै आउट भए।

हैदराबादका लागि शिवान्ग कुमारले ३ तथा हर्ष दुवेले १ विकेट लिए।

त्यसअघि पञ्जाबले टस जितेर बलिङ रोजे पछि पहिले ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २१९ रनको योगफल तयार गरेको थियो।

हैदराबादका लागि ओपनर अभिषेक शर्माले सर्वाधिक ७४ रनको अर्धशतकीय इनिङ खेले।
पहिलो विकेटका लागि अर्का ओपनर ट्राभिस हेडसँग अभिषेकले ४९ बलमा १२० रनको साझेदारी गरे पनि त्यसपछि पञ्जाबले रन खर्चन नियन्त्रण गरेपछि हैदराबादले विशाल योगफल तयार गर्न सकेन।

हेड २३ बलमा ३८, हेरिक क्लासेन ३३ बलमा ३९ तथा कप्तान इशान किसन २७ रनमा आउट भए।

चौथो खेलमा ३ जित तथा १ खेल वर्षाका कारण रद्ध भएको पञ्जाब ७ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ। ४ खेलमा २ अंकका साथ हैदराबाद छैटौं स्थानमा छ।

शनिबार राति नै भएको अर्को खेलमा चेन्नई सुपर किङ्सले दिल्ली क्यापिटल्सलाई २३ रनले हरायो । २१३ रनको लक्ष्य पछ्याएको दिल्लीले १८९ रन मात्र बनाउन सक्यो ।

प्रतिक्रिया दिनुहोस्