-आरसी रिजाल-
हरिश्चन्द्र बुढा छोरा रोहितलाई — अनैतिक सम्पती जोडेर, समाजमा रवाफ देखाएर हिँड्ने काम नगर्नु। असल मान्छे भएर बाच्नु पर्छ भन्थे। रोहितले — जस्तो देश उस्तै भेष। तलदेखी माथिसम्म मिलाएर खान जान्नुपर्छ । तपाईलाई केही थाहा छैन भन्दै खिसी गर्थ्यौ।
देशमा भ्रष्टहरुको बिगबिगीले असह्य भएपछि जनताको बिद्रोह थेग्न नसकी सत्ता परिवर्तन हुन्छ। रोहित अकुत सम्पत्ति जोडेकोमा जेलपर्छ।उसका छोराछोरीले हजुरबुवालाई — तपाईले डेडिलाई किन बेलैमा सजग नगराको ? अब यो समाजमा हामीले कसरी शिर ठाडो पारेर हिँड्ने भन्छन् ।
हरिश्चन्द्रले — मेरो भनाइ तिम्रा डेडिममीले एउटा कानले सुन्ने अर्को कानले उडाउने गरे। अनि विश्वविद्यालयमा पढ्ने तिमीहरुले समाजमा अरुकोभन्दा हाम्रो हैसियत कसरी माथि पुग्यो ? यसबारे किन सोचेनौ ? डेडि तपाईंले थुपारेको कालोधनको पापको भागेदार हामी हुँदैनौ भन्न किन सकेनौ ? अब रोइकराई गरेर केही हुँदैन। बरु डेडिको गल्तीबाट पाठ सिकेर अगि बढ्नु पर्छ। तिम्रा डेडिमात्र होइन समाजमा भ्रष्टआचरण भएका अरुहरु पनि कसिङ्गरझैँ “डम्पिङ साइड”मा पुगेका र पुग्दैछ्न भने।।।
-हेटौंडा, मकवानपुर ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्