२५ चैत्र २०८२, बुधबार

कोलोराडोमा गीतकार दिनेश अधिकारीको सम्मान र डा. ज्ञानेन्द्र गदालको कृति सार्वजनिक हुँदै

कोलोराडोखबर संवाददाता , April 8th, 2026

कोलोराडो । अनेसास कोलोराडो शाखाको आयोजनामा विशिष्ट कवि एवं लोकप्रीय गीतकार दिनेश अधिकारीको सम्मान तथा अनेसासका पूर्व केन्द्रीय अध्यक्ष डा. ज्ञानेन्द्र गदालको दुईवटा नविनतम कृति (बाल गीतसंग्रह र उपन्यास) को सार्वजनिकिकरण कार्यक्रम हुने भएको छ ।

कार्यक्रम कोलाराडोस्थित नेपाली घरमा यही अप्रिल १२ तारिक आईतबार दिउँसो १ बजे हुनेछ ।

बिशेषतः विशिष्ठ कवि दिनेश अधिकारीको सशक्त कविता एवं गीतहरु प्रत्यक्ष सुन्ने र बिचार आदानप्रदान गर्ने यो अमूल्य अवसर पनि हो, साहित्यमा रुचि राख्ने सबै कोलोराडोवासी महानुभावहरुलाई कार्यक्रममा उपस्थितिका निम्ति निमन्त्रण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्