२६ चैत्र २०८२, बिहीबार

केशव दाहालको नयाँ उपन्यास ‘इथा’ सार्वजनिक

कोलोराडोखबर संवाददाता , April 8th, 2026

नेपाल । लेखक तथा स्तम्भकार केशव दाहालको नयाँ उपन्यास सार्वजनिक भएको छ ।

इथाको कथा समावेश गर्दै तयार गरिएको गीति नाटकसहित उपन्यास सार्वजनिक भएको हो ।

कार्यक्रममा भूषिता वशिष्ठले ‘इथा’ उपन्यास केवल ऐतिहासिक आख्यानका रूपमा नभएर पौरस्त्य दर्शनका दृष्टिबाट हेरिनुपर्ने बताइन् । इतिहास, संघर्ष र महिला स्वाभिमानको सशक्त अभिव्यक्ति ‘इथा’ रहेको उनको भनाइ छ ।

उपन्यास ‘इथा’ ले करिब दुई हजार चार सय वर्षअघिको ऐतिहासिक, पौराणिक र किंवदन्तीमूलक परिवेशलाई आधार बनाउँदै वैशालीबाट लिच्छविहरू कसरी मञ्जुपट्टन पुगेर सौमरहरूमाथि विजय हासिल गरे भन्ने कथा समेटेको छ । इथा दाहालको चौथो कृति हो ।

प्रतिक्रिया दिनुहोस्