२४ चैत्र २०८२, मंगलवार

एनपिएलबाट नेपाल क्रिकेट संघलाई ४७ करोड ३६ लाख आम्दानी

कोलोराडोखबर संवाददाता , April 7th, 2026

नेपाल । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) बाट नेपाल क्रिकेट सङ्घ (क्यान) लाई ४७ करोड ३६ लाख रुपियाँभन्दा बढी आम्दानी भएको छ ।

क्यानको सोमबार बसेको कार्यसमिति बैठकले एनपिएलको आम्दानी र खर्चको हिसाव पारित गरेको हो । वैठकमा क्यानको अधिकार सम्पन्न नेपाल प्रिमियर लिग परिचालन परिषद (गभर्निङ काउन्सिल) ले हिसाब पेश गरेको थियो ।

क्यानका अनुसार प्रतियोगितामा २१ करोड ९६ लाख पाँच हजार एक सय २१ रुपियाँ खर्च भएको छ । विभिन्न फ्रेन्चाइज टिमहरुलाई रकम प्रदान गरेपछि क्यानलाई नौ करोड २१ लाख २१ हजार ९३५ रुपियाँ बचत भएको पनि उल्लेख छ ।

क्यान कार्यसमिति बैठकले सन् २०२६ को वार्षिक कार्यक्रम र बजेट अनुमोदन गर्नुका साथै विभिन्न निर्णय पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्