अमेरिका । अन्तर्राष्ट्रिय नेपाली गीतकार संघ (आईएनएलए) र साहित्य कला संगम (एसकेएस) को संयुक्त आयोजनामा दोस्रो वार्षिक सम्मेलन सम्पन्न भएको छ ।
अमेरिकाको पेन्सिल्भेनिया राज्यमा आयोजित कार्यक्रममा नेपाली साहित्य तथा गीतसंगीतका क्षेत्रमा दीर्घकालीन योगदान पुर्याएका स्रष्टा कवि गीतकार दिनेश अधिकारीलाई ‘आइएनएलए ज्ञानेन्द्र गदाल गीत सम्मान’ प्रदान गरियो । अधिकारीलाई सम्मानसँगै नगद राशि एक हजार एक अमेरिकी डलरसमेत प्रदान गरिएको छ ।
उक्त अवसरमा अन्य सर्जकहरूलाई पनि सम्मानित गरिएको छ । कार्यक्रममा गायिका यशोदा पराजुलीलाई ‘आईएनएलए गायन सम्मान’ नगद राशि ५०१ डलरसहित प्रदान गरिएको छ । त्यस्तै, कवि गीतकार पुरुषोत्तम लम्साल (पुरु लम्साल) लाई ‘आईएनएलए गीत सम्मान’ नगद राशि ५०१ डलरसहित प्रदान गरिएको छ ।
साबु गदाल कार्कीलाई नगद राशि ५०१ सहित ‘आईएनएलए गीत सम्मान (डायस्पोरा)’ प्रदान गरिएको छ । उनी डायस्पोरामा रहेर नेपाली गीत तथा साहित्यमा योगदान दिँदै आएकी स्रष्टा हुन् ।
कार्यक्रममा डम्बर खापुङ सुब्बालाई नगद राशि ५०१ सहित ‘आईएनएलए गायन सम्मान (डायस्पोरा)’ प्रदान गरिएको छ भने अगम गुरुङलाई नगद राशि ५०१ सहित ‘आइएनएलए लोक संगीत सम्मान (डायस्पोरा)’ प्रदान गरिएको छ ।
त्रिप्ती खड्का गुरुङलाई नगद राशि ५०१ सहित ‘आईएनएलए संगीत सम्मान’ प्रदान गरिएको अर्जुन प्रधानले जानकारी गराएका छन् ।
कार्यक्रममा आईएनएलएका संस्थापक अध्यक्ष डा. हरि उप्रेतीसहित कवि डा. ज्ञानेन्द्र गदाल, प्रेमराजा महत, डा. शिव गौतम, राजा घले, नारायण पुरी, सरला श्रेष्ठ, डा. ह्यारी भण्डारी, गंगाराम लामिटारे र डा. प्रदीप बास्तोला लगायतको उपस्थिति रहेको थियो ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्