१९ चैत्र २०८२, बिहीबार

दिल्ली क्यापिटल्सद्वारा लखनउ सुपर जायन्ट्स पराजीत

कोलोराडोखबर संवाददाता , April 2nd, 2026

नेपाल । आइपीएल २०२६ मा दिल्ली क्यापिटल्सले लखनउ सुपर जायन्ट्सलाई ६ विकेटले हराउँदै पहिलो जित दर्ता गरेको छ ।

लुंगी एनगिडी र टी नटराजनको घातक बलिङपछि समीर रिजवी र ट्रिस्टन स्टब्सको आक्रामक ब्याटिङको मद्दतले दिल्लीले लखनउलाई हराएको हो।

बुधबार लखनऊको इकाना स्टेडियममा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको लखनऊले १८.४ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४१ रन बनायो। जवाफमा दिल्लीले १७.१ ओभरमा ४ विकेट गुमाएर १ सय ४५ रन बनाउँदै खेल जित्न सफल भयो ।

प्रतिक्रिया दिनुहोस्