१६ चैत्र २०८२, सोमबार

राष्ट्रिय फुटबल टोलीको घोषणा, को को परे ?

कोलोराडोखबर संवाददाता , March 30th, 2026

नेपाल । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली फुटबलमा अन्तर्राष्ट्रिय सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान तोड्ने तयारीमा रहनुभएका अन्जन विष्टलाई बाहिर राख्दै आइतबार फुटबल टोलीको घोषणा गरेको छ ।

मुख्य प्रशिक्षकमा गुग्लिएल्मो एरेनाले सर्वाधिक १३ गोलको कीर्तिमान बराबरी गरेका फरवार्ड विष्टलाई बाहिर राख्दै एएफसी एसियन कप छनोटअन्तर्गत लाओससँग अन्तिम खेल खेल्ने टोली घोषणा गर्नुभएको हो ।

नेपालले मङ्गलबार लाओससँग उसैको मैदानमा खेल्ने छ । नेपाली टोली आइतबार बिहानै लाओस पुगिसकेको छ । एरेनाले एन्फाको सामाजिक सञ्जालबाट अन्तिम टोलीको नाम सार्वजनिक गर्नुभएको हो । यसअघि नेपालले यस खेल दशरथ रङ्गशालामा खेल्ने तय भएको थियो ।

नेपाली टोलीः अभिषेक लिम्बू, आदित्य शाक्य, अनन्त तामाङ, आयुष घलान, विमल पाण्डे, विशाल सुनार, दीपेश गुरुङ, जिलेश्पिजङ्ग कार्की, किरण कुमार लिम्बू, कृतिश रत्न छुन्जु, मणिकुमार लामा, मनिष डाँगी, मिलन राई, पेम्बा दोर्जे लामा, रोहन कार्की, रोहित चन्द, रोमन भुजेल, सनिष श्रेष्ठ, सुमन श्रेष्ठ, सुमित श्रेष्ठ, योगेश धिमाल, योगेश गुरुङ र युवराज खड्का ।

प्रतिक्रिया दिनुहोस्