६ चैत्र २०८२, शुक्रबार

एन्फाद्वारा राष्ट्रिय लिग फुटबल अनिश्चितकालका लागि स्थगित

कोलोराडोखबर संवाददाता , March 20th, 2026

नेपाल । अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिग फुटबल अनिश्चित कालका लागि स्थगित गरेको छ ।

पर्यटक भिषामा आएका विदेशी खेलाडीलाई श्रम स्वीकृति बिनै खेलाइरहेको एन्फाले बिहीबार अध्यागमन विभागले पर्यटक भिसामा नेपाल आएका विदेशी नागरिकलाई कुनै पनि खेलकुद गतिविधिमा सहभागी नगराउन निर्देशन दिएपछि एकाएक लिग स्थगित गरेको हो ।

लिगमा सहभागी विभिन्न क्लबले विना श्रम स्वीकृति विदेशी खेलाडीलाई खेलाईरहेका थिए । एन्फाले बुधबार देखि सुरु भएको सहिद स्मारक महिला लिगमा पनि विदेशी खेलाडी खेलाईरहेको छ ।

अवैध रुपमा विदेशी खेलाडीलाई खेलाएपछि परेको उजुरीको आधारमा अध्यागमन विभागले बिहीबार एन्फा, युवा तथा खेलकु्द मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद ९राखेप० लाई पत्राचार गर्दै पर्यटक भिसाको आधारमा विदेशी खेलाडी मैदानमा नउतार्न निर्देशन दिएको थियो ।

एन्फाले भने एक विज्ञप्ती जारी गर्दै प्राविधिक कारण अर्को सुचना नभएसम्म राष्ट्रिय लिग स्थगित गरिएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्