६ चैत्र २०८२, शुक्रबार

बार्सिलोना र लिभरपुल च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

कोलोराडोखबर संवाददाता , March 20th, 2026

नेपाल । स्पेनिस पावर हाउस बार्सिलोना र इङ्लिस क्लब लिभरपुल युरोपियन च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति भएको दोस्रो लेगमा बार्सिलोनाले इङ्लिस क्लब न्युक्यासललाई ७–२ गोलले हरायो । पहिलो लेगमा १–१ गोलको बराबरीमा रोकिएको बासिर्सलोनाले समग्रमा ८–३ गोलले विजयी भयो । बार्सिलोनाको जितमा राफिन्हा र रोबर्ट लेवान्डोस्कीले दुई दुई तथा मार्क बर्नाल, लामिन यमल र फर्मिन लोपेजले सएक एक गोल गर्नुभयो ।

यस्तै लिभरपुलले गालातासारेलाई ४–० गोलले हरायो । पहिलो लेगमा १–० ले पछि परेको लिभरपुल समग्रमा ४–१ ले विजयी भयो । एकपक्षीय खेलमा लिभरपुललाई जिताउन मोहम्मद सलाह, रायन ग्राभेनबर्च, हुगो एकिटिके र डोमिनिक जोबोस्जाइले गोल गर्नुभयो ।

अन्य खेलमा स्पेनिस क्लब एट्लेटिको म्याड्रिड इङ्लिस क्लब टोट्टनहामसँग ३–२ गोलले पराजित भयो । तर, पहिलो लेगमा निकालेको ५–२ को जितको आधारमा एट्लेटिको अन्तिम आठमा पुग्न सफल भयो ।

अर्को खेलमा बायर्न म्युनिखले एट्लान्टालाई समग्रमा १०–२ गोलले पछि पार्दै अन्तिम आठमा स्थान बनायो ।

प्रतिक्रिया दिनुहोस्