४ चैत्र २०८२, बुधबार

आन्दोलनमा उत्रिएका क्लबहरूले मङ्गलबार पनि एन्फा मुख्यालयमा धर्ना जारी राखे

कोलोराडोखबर संवाददाता , March 18th, 2026

नेपाल । सहमतिबिनै अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० ले चैत ३० गतेदेखि शहीद स्मारक ‘ए’ डिभिजन लिग आयोजना गर्ने तयारी गरेपछि आन्दोलनमा उत्रिएका क्लबहरूले मङ्गलबार पनि एन्फा मुख्यालय गेटमा धर्ना जारी राखेका छन् ।

‘ए’ डिभिजन क्लबले सोमबार विभिन्न सात बुँदे माग राख्दै एन्फा मुख्यालय सातदोवाटोमा धर्ना र विरोध कार्यक्रम सुरु गरेका थिए । एन्फाले लिग आयोजनाको नाममा एकलौटी निर्णय गरेको र यसअघि क्लबहरूसँग गरेको सम्झौता पालना नगरेको क्लबहरुको आरोप छ ।

यसअघि सोमबार क्लबका पदाधिकारी र एन्फा नेतृत्वबिच वार्ताभए पनि सहमति हुन नसकेपछि क्लबहरुले आन्दोलन जारी राखेका हुन् । एन्फाले क्लबहरूको माग पूरा नगरेसम्म धर्ना र आन्दोलन जारी रहने क्लबका पदाधिकारीले जनाएका छन् ।

यसअघि नेपाली फुटबल खेलाडी सङ्घले नियमित फुटबल गतिविधि नगरी एन्फा नेतृत्व अर्ली निर्वाचनको नाममा पुनस् चुनावको तयारीमा रहेको भन्दै आन्दोलनमा उत्रिएको थियो । एन्फाको निर्वाचन यही १३ गते झापामा गरिने तय भएको छ । निर्वाचनका लागि राष्ट्रिय खेदकुद परिषद् ९राखेप०ले भने स्वीकृति दिएको छैन ।

खेलाडीको आन्दोलनपछि एन्फाले हतारमा चैत ३० गतेदेखि शहीद स्मारक ‘ए’ डिभिजन लिग गर्ने सुचना सार्वजनिक गरेको थियो । उक्त सुचनाप्रति लिगमा सहभागी क्लबहरूले सबै पक्षको सहमति र तयारी बिनै एन्फाले हावामा लिगको विषय अगाडि सारेको आरोप लगाउँदै आएएका छन् ।

प्रतिक्रिया दिनुहोस्