३० फाल्गुन २०८२, शनिबार

अर्याल र बरईलाई २५ हजार राशिको ‘नइ कपिल प्रज्ञा पुरस्कार’

कोलोराडोखबर संवाददाता , March 14th, 2026

नेपाल । नइ एकेडेमीले नेपाली भाषा–साहित्यको अनुसन्धान तथा ‘नेपाल–भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’ को उचाइ अभिवृद्धिमा योगदान पुर्याएको भन्दै युवा प्राज्ञ डा. अम्बिका अर्याल र डा. त्रिभुवन बरईलाई ‘नइ कपिल प्रज्ञा पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ ।

पुरस्कारको राशि जनही २५–२५ हजार रुपैयाँ रहेको छ । सुप्रसिद्ध मनोचिकित्सक डा. कपिलदेव उपाध्यायको सम्मानमा स्थापना गरिएको उक्त् पुरस्कार नइ एकेडेमीले प्रदान गर्दै आएको छ ।

नइ एकेडेमीका कुलपति इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो । चैत २७, २८ र २९ गते आयोजना हुने ‘नेपाल–भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’ का अवसरमा दुवै प्राज्ञलाई उक्त पुरस्कार प्रदान गरिने नइ एकेडेमीका सदस्यसचिव नरेन्द्रराज प्रसाईले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्