नेपाल । पत्रकार एवं लेखक विराट अनुपमद्वारा लिखित किताब ‘पहिलो आमनिर्वाचन २०१५’ सार्वजनिक भएको छ । हालै राजधानीको उमोजा क्याफेमा विभिन्न मिडियाका सक्रिय पत्रकारहरुद्धारा संयुक्त रूपमा किताबको विमोचन भएको हो ।
किताब बारे बोल्दै प्रकाशक बूकहिलका अध्यक्ष भूपेन्द्र खड्काले ऐतिहासिक राजनीतिक सङ्ग्रह भएको बताए । उनले कूटनीति र राजनीतिमा गहिरो चासो राख्ने पत्रकार अनुपमले छोटो समयमा महत्त्वपूर्ण दस्ताबेज तयार पारेको जानकारी दिए ।
शिलापत्रका सम्पादक अनलाइनका सम्पादक योगेश ढकालले किताबमा पहिलो आमनिर्वाचनको विस्तृत तथ्यांकसहितका नवीन सूचना रहेको भन्दै पठनयोग्य पु्स्तक तयार पारेको बताए ।
त्यस्तै लेखक एवं प्राध्यापक डा. जगत नेपालले आफूले समेत थाहा नपाएको कतिपय नयाँ तथ्याङ्क किताबमा रहेको हुँदा राजनीतिक विषयमा चाखा मान्नेका लागी उपयोगी पुस्तक भएको बताए ।
पत्रकार अनुपमले पहिलो आमनिर्वाचनमा भएको रोचक कुराहरू किताबमा समावेश भएको बताए । जसमा नेपाली राजनीतिका ‘हेभिवेट’ को पराजय, उक्त चुनावलाई राष्ट्रिय(अन्तराष्ट्रिय मिडियामा भएको कभरेज, विपी–महेन्द्रबिचको दुरी लगायतका विषयहरू किताबमा रहेको बताए ।
उक्त किताबमा पहिलो चुनावमा १०९ वटै क्षेत्रको परिणाम, सबै दलका घोषणा पत्र लगायतका दस्ताबेज सङ्ग्रह गरिएको छ भने सो चुनावमा सहभागी भएका उम्मेदवार, मतदातालगायतको प्रत्यक्ष संवाद समेत समेटिएको छ ।
अनुपमले यसअघि डोरबहादुर बिस्टद्वारा लिखित अङ्ग्रेजी किताब ‘रिपोर्ट फर्म ल्हासा’को नेपाली अनुवाद किताब ‘ल्हासाको खबर’ ल्याएका छन् ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्