नेपाल । न्युजिल्याण्डलाई हराउँदै भारत तेस्रो पटक ट्वान्टी २० विश्वकपको च्याम्पियन भएको छ ।
आइतबार अहमदाबादमा सम्पन्न फाइनलमा साबिक विजेता भारतले न्युजिल्याण्डमाथि ९६ रनको जित हासिल गर्दै लगातार दोस्रो पटक उपाधि जितेको हो ।
भारतले दिएको २५६ रनको विशाल लक्ष्य पछ्याएको न्युजिल्याण्ड १९ ओभरमा अल आउट हुदै १५९ रनमा समेटियो । न्युजिल्याण्डका लागि ओपनर टिम साइफर्ट सर्वाधिक ५२ रनको अर्धशतकीय इनिङ खेल्दै आउट भए । २६ बलको सामना गरेका उनले २ चौका तथा ५ छक्का प्रहार गरेका थिए। कप्तान मिचेल स्यान्टेनरले ३५ बलमा ४३ रन जोडे।
भारतका लागि जसप्रित बुमराहले ४ तथा अक्षर पटेलले ३ विकेट लिए।
त्यसअघि भारतको नरेन्द्र मोदी क्रिकेट रंगशालामा न्युजिल्याण्डले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २५५ रनको विशाल योगफल तयार गरेको थियो।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्