१६ फाल्गुन २०८२, शनिबार

साहित्यकार महेन्द्र चालिसेको लघुकथाकृति ‘रङ्गभेद’ सार्वजनिक

कोलोराडोखबर संवाददाता , February 27th, 2026

काठमाडौं । साहित्यकार महेन्द्र चालिसेको लघुकथाकृति ‘रङ्गभेद’ सार्वजनिक गरिएको छ ।

काठमाडौं रामहिटीमा कपन–बानेश्वर साहित्यिक साप्ताहिक पत्रिकाले आयोजना गरेको कार्यक्रममा साहित्यकार रोचक घिमिरे, गंगा कर्माचार्य पौडेल, गोपी मैनाली, गोकर्णेश्वर नगरपालिका प्रमुख दीपक रिसाललगायतले उक्त कृति सार्वजनिक गरे ।

घिमिरेले साहित्यिक समाचारमूलक साप्ताहिक पत्रिका प्रकाशन गर्दै ६ सय अंक पुर्‍याउनु हिमाल चढ्नु बराबर भएको बताए । कृतिकार चालिसेको पहिलो कथासंग्रहभन्दा यो कृति परिस्कृत भएर आएको उनको भनाइ छ ।

सार्वजनिक कृतिमाथि साहित्यकारहरू ठाकुर शर्मा र गोपी मैनालीले समीक्षात्मक टिप्पणी गरे । नगरप्रमुख रिसालले नगरपालिकाले नेपाली साहित्य र साहित्यकारको सेवामा पनि आफूहरू लागेको बताए ।

लघुकथाकृति कपन बानेश्वर राष्ट्रिय साहित्यिक साप्ताहिकले प्रकाशनमा ल्याएको हो ।

प्रतिक्रिया दिनुहोस्