नेपाल । परराष्ट्रमन्त्री बालानन्द शर्मा पोर्चुगल जाने भएका छन् ।
नेपाल र पोर्चुगलबीचको द्विपक्षीय परामर्श संयन्त्रको बैठकमा सहभागी हुन परराष्ट्र सचिव अमृतबहादुर राई पनि त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ।
परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री शर्मा २० फेब्रुअरीमा पोर्चुगलको लिस्बनमा आयोजना हुने नेपाल–पोर्चुगल द्विपक्षीय परामर्श संयन्त्रको पहिलो बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन् ।
नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालयका अन्य अधिकारीहरू, पोर्चुगलका लागि नेपाली राजदूत तथा दूतावासका कर्मचारी सहभागी हुनेछन् ।
बैठकमा दुवै पक्षले नेपाल–पोर्चुगल सम्बन्धको समग्र समीक्षा गर्नुका साथै साझा चासोका विषयहरूमा क्षेत्रीय तथा बहुपक्षीय मञ्चहरूमा सहकार्यबारे छलफल गर्नेछन् ।
हाल पोर्चुगलमा ४० हजारभन्दा बढी नेपाली नागरिक विभिन्न पेशा तथा व्यवसायमा संलग्न छन्।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्