१३ माघ २०८२, मंगलवार

साफ फुटसल च्याम्पियनसिपमा पुरुषतर्फ नेपाल तेस्रो

कोलोराडोखबर संवाददाता , January 27th, 2026

नेपाल । नेपाल साफ फुटसल च्याम्पियनसिपमा पुरुषतर्फ तेस्रो भएको छ ।

थाइल्यान्डको नोन्थाबुरी स्टेडियमको फुटसल एरेनामा सोमबार भएको खेलमा नेपालले भुटानलाई ४–१ गोलले हरायो ।

प्रतियोगिताको अन्तिम खेलमा भारतले पाकिस्तानलाई ४–१ गोलले हराएपछि नेपाल उपविजेता बन्नबाट चुक्यो ।

भारत उपविजेता बन्यो भने नेपाल गोलअन्तरका आधारमा तेस्रो भएको हो । च्याम्पियनसिपको उपाधि माल्दिभ्सले अपराजित रहँदै जितेको छ ।

प्रतिक्रिया दिनुहोस्