१२ माघ २०८२, सोमबार

रियल म्याड्रिड स्पेनिस ला लिगाको शीर्षस्थानमा

कोलोराडोखबर संवाददाता , January 26th, 2026

नेपाल । रियल म्याड्रिड स्पेनिस ला लिगाको शीर्षस्थानमा उक्लिएको छ ।

शनिबार राति भएको खेलमा रियलले भिल्लारियललाई उसैको मैदानमा २–० गोलले हराउँदै शीर्षस्थानमा उक्लिएको हो ।

रियलको जितमा दुवै गोल स्टार स्ट्राइकर केलियन एमबाप्पेले गर्नुभयो । उहाँले ४७औँ र दोस्रो हाफको इन्जुरी समयमा गोल गर्नुभएको थियो ।

जितसँगै रियलले २१ खेलबाट ५१ अङ्क बनाएको छ । दोस्रो स्थानमा रहेको बार्सिलोनाले ४९ अङ्क छ । पराजित भिल्लारियल ४१ अङ्कसहित चौथो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्