नेपाल । निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्य समितिलाई आधिकारिता प्रदान गरेको छ ।
आयोगबाट आधिकारिकता पाएसँगै सभापति गगन थापाले कसैलाई पक्षपात नगर्ने र पार्टीलाई एकढिक्का बनाएर लाने प्रतिक्रिया जनाएका छन् । उता देउवा पक्षले भने आयोगको निर्णयलाई आफूहरुमाथि षड्यन्त्र गरेको प्रतिक्रिया दिएको छ । आफूहरुनै आधिकारिक भएको दाबी गर्दै आइतबार सर्वोच्च जाने प्रतिक्रिया दिएको छ ।
आयोगको शुक्रबार साँझ बसेको बैठकले थापा नेतृत्वको कार्य समितिलाई आधिकारिकता दिने निर्णय गरेको हो ।
यो निर्णयसँगै नेपाली कांग्रेसको चुनाव चिह्न रुख र चारतारे झण्डासहित आधिकारिक कांग्रेसको सभापति गगन थापा बनेका छन् ।
शेरबहादुर देउवा पक्षलाई आयोगले दलको नाम र चुनाव चिह्न रोज्न समय दिने निर्णय पनि गरेको छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्