२८ पुष २०८२, सोमबार

रुकुमपूर्वबाट चुनाव लड्ने प्रचण्डको घोषणा

कोलोराडोखबर संवाददाता , January 11th, 2026

नेपाल । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले रुकुमपूर्वबाट चुनाव लड्ने पक्का भएको बताउनुभएको छ ।

पूर्वप्रधानमन्त्री समेत रहनुभएका प्रचण्डले रुकुमपश्चिमको मुसीकोट नगरपालिका १ बराहाटाकुरामा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्ने क्रममा आफू रुकुमपूर्वबाट चुनाव लड्ने करिब निश्चित भएको बताउनुभयो ।

उहाँले रुकुमका जनताको दुःख, सुखमा साथ दिन, काँधमा काँध मिलाएर एकाकर हुन आफू रुकुमबाटै चुनाव लड्ने सोच बनाएको उल्लेख गर्नुभयो । पार्टी एकतापछि पहिलो पटक आयोजना भएको एकता सन्देश सभामा उहाँले रुकुमको विकासलाई नयाँ शिराबाट निर्माण गर्न चाहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्