२६ पुष २०८२, शनिबार

पुस २७ र २८ का लागि तय भएको विशेष महाधिवेशन तत्काल रोक्न काँग्रेस संस्थापन पक्षको अपिल

कोलोराडोखबर संवाददाता , January 9th, 2026

नेपाल । नेपाली कांग्रेसले पुस २७ र २८ का लागि तय भएको विशेष महाधिवेशन तत्काल रोक्न अपिल गरेको छ ।

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बिहीबार सम्पन्न केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टीको नियमित र विशेष महाधिवेशनको मिति तय गर्ने अधिकार केन्द्रीय कार्यसमितिलाई मात्रै भएको प्रस्ट पार्दै विशेष महाधिवेशन रोक्न अपिल गरेको हो ।

बैठकपछि केन्द्रीय सदस्य नारायणप्रकाश साउदले केन्द्रदेखि वडा कार्यसमितिका पदाधिकारी, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधिसहित सम्पूर्ण नेताकार्यकर्ता पङ्क्तिलाई पुस २७ र २८ गतेका लागि तय भएको विशेष महाधिवेशनमा उपस्थित नहुन अनुरोध गर्ने निर्णय भएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्