१६ मंसिर २०८२, मंगलवार

प्रत्येक वर्ष भदौ २३ गते जेनजी सहिद दिवस मनाउने सरकारको निर्णय

कोलोराडोखबर संवाददाता , December 2nd, 2025

नेपाल । सरकारले प्रत्येक वर्ष भदौ २३ गते जेनजी सहिद दिवस मनाउने निर्णय गरेको छ।

सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलनमा मृत्यु भएका सहिदहरूको सम्झनामा उक्त दिवस मनाउने निणय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।

बैठकले जेनजी आन्दोलनका क्रममा सहिद परिवारका आमा, बुबा, श्रीमान, श्रीमती, अविवाहित छोरी, अविवाहित छोरालाई गृह मन्त्रालयले फोटोसहितको परिचयपत्र उपलब्ध गराउने निर्णय पनि गरेको छ ।

बैठकले आगामी माघ १ गतेदेखि एक पटकमा पाँच लाख रुपैयाँ वा सो भन्दा माथिको सेवा, वस्तुको खरिद बिक्री वा अन्य कारोबार गर्दा वित्तीय संस्था वा बैङ्किङ उपकरणबाट गर्नुपर्ने गरी सीमा निर्धारण गरेको छ ।

त्यस्तै बैठकले बाढी पहिरो प्रभावित श्रीलंकालाई सरकारका तर्फबाट सहायता स्वरूप दुई लाख अमेरिकी डलर उपलब्ध गराउने निर्णय पनि गरेको छ ।

यस्तै, विश्वविद्यालय अनुदान आयोगको सचिव पदमा प्रा ज्ञानबहादुर थापा, प्रेस काउन्सिल नेपालको अध्यक्ष पदमा डा कुमार शर्मा आचार्यलाई नियुक्त गर्ने निर्णय भएको छ । कार्बन व्यापार नियमावली २०८२ स्वीकृत गर्ने निर्णय पनि गरिएको छ ।

राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त सचिव पदमा वैकुण्ठप्रसाद अर्याललाई बढुवा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्