१२ मंसिर २०८२, शुक्रबार

एनपीएलमा पोखरा र सुदूरपश्चिमको जीत, शुक्रबार चार टोलीबीच प्रतिष्पर्धा

कोलोराडोखबर संवाददाता , November 28th, 2025

नेपाल । पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा पहिलो जित निकालेको छ ।

त्रिवि मैदान कीर्तिपुरमा बिहीबार साँझ भएको खेला पोखरा एभेन्जर्सले साविक विजेता जनकपुर बोल्ट्सलाई २५ रनले हरायो ।

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको पोखरा एभेन्जर्सले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ५५ रन बनाएको थियो ।

यता, साविक उपविजेता सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा अपराजित यात्रा जारी राखेको छ ।

त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहीबार भएको खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई सात विकेटले हरायो । सुदूरपश्चिम चार खेलमा अपराजित रहने एक्लो टोलीसमेत बनेको छ ।

जितका लागि एक सय ४४ रनको मध्यम लक्ष्य पछ्याएको सुदूरपश्चिमले १८.२ओभरमा तीन विकेटको क्षतिमा एक सय ४५ रन जोड्दै लक्ष्य पूरा गरेको हो ।

एनपिएलअन्तर्गत शुक्रबार चितवन राइनोज र काठमान्डु गोर्खाज तथा कर्णाली याक्स र विराटनगर किङ्सबिच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्