नेपाल । जनता समाजवादी पार्टी, राष्ट्रिय मुक्ति पार्टी र नागरिक उन्मुक्ति पार्टी, नेपाल एउटै चुनाव चिह्न जाँतो लिएर निर्वाचनमा प्रतिस्पर्धा गर्ने भएका छन् ।
बुधवार निर्वाचन आयोग पुगेर अशोक राई, राजेन्द्र महतो र रेशमलाल चौधरीले एउटै चुनाव चिह्नबाट निर्वाचन लड्ने भन्दै निर्वाचन आयोगमा निवेदन दिएका हुन् ।
निर्वाचन आयोगमा हालसम्म १०१ वटा राजनीतिक दलहरूको निवेदन परेको निर्वाचन आयोगले जनाएको छ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्