९ मंसिर २०८२, मंगलवार

एमालेको ११औँ महाधिवेशन नेतृत्व चयनमा केन्द्रित हुने

कोलोराडोखबर संवाददाता , November 25th, 2025

नेपाल । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीको ११ औँ महाधिवेशन नेतृत्व चयनमा केन्द्रित हुने प्रष्ट्याएका छन् ।

महाधिवेशन प्रचार समितिको बैठकलाई सम्बोधन गर्दै उनले नीति तथा कार्यक्रम विधान महाधिवेशनले गरिसकेकाले महाधिवेशन नेतृत्व चयनमा मात्र केन्द्रित हुने बताएका हुन् ।

अध्यक्षमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले महाधिवेशनमा राजनीतिक, सांगठानिक प्रस्ताव र विधानमा थप बहस र परिमार्जन आवश्यक रहेको बताइरहँदा महासचिवको यो भनाइ आएको हो ।

महासचिव पोखरेलले ११ औँ महाधिवेशनले प्रतिगमनको विरुद्ध निर्णायक भूमिका खेल्ने जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस्