-नातिबाबु भट्ट (कोलोराडो, अमेरिका । साइबाबाको एक सयौं जन्मजयन्तीको अवसर पारेर कोलोराडो स्थित नेपाली सांस्कृतिक केन्द्र नेपाली घरमा भजन कृतन कार्यक्रम सम्पन्न भएको छ ।
हनुमान चालिसा भजन कृतन समुहको आयोजनामा शनिबार बिहान ११ बजेदेखी १ बजेसम्म नेपाली सांस्कृतिक केन्द्र नेपाली घरमा कार्यक्रम सम्पन्न भएको हो ।
तेत्तीस कोटी देवी देवतामा बिश्वास गर्ने नेपाली सांस्कृतीक परंपरा अनुसार सबै देवी देवताहरुको आआफ्नै बिशेषता र महत्व रहेको छ । आयोजक समुहले कोलोराडोमा बिगत लामो समयदेखि निरन्तर रुपमा हरेक महिना हनुमान चालिमा भजन कृतन कार्यक्रम संञ्चालन गर्ने गरेको छ । सोही समुहको अग्रसरतामा आज साइबाबाको आरधाना भजन कृतन तथा अरती सम्पन्न गरिएको हो ।

नेपाली समुदायको आफ्नै घर नेपाली सांस्कृतीक केन्द्रमा संचालित कार्यक्रममा सहभागी भई पुण्य आर्जन साइबाबा प्रति आस्था राख्ने स्थानीय अमेरीकी, इन्डियन, कोलोराडो स्थित धार्मिक समुहका प्रतिनिधी, संघ संस्थाका प्रतिनीघी बुद्धीजिवी, समाजसेवी, गन्यमान्य, पत्रकार, व्यबसायी, कलाकार, नेपाली भाषी बुबा आमा, दाजुभाई, दिदी बहिनी सबै उमेर समुहका महानुभावहरूको उल्लेख्य उपस्थिती रहेको थियो ।
कार्यक्रममा सविना प्रधानले साइबाबाको दिब्य उपदेश पढेर सुनाएकी थिइन । साइबाबाकोको भजन कृतन पछि सहभागीहरू प्रसाद गहण गर्दै बिदा भएका थिए । कार्यक्रमको अन्त्यमा अजय प्रधानले यस कार्यक्रमलाइ सफल बनाउन सहयोग गर्नुहुने सबैलाइ धन्यवाद दिएका थिए ।


कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्