७ मंसिर २०८२, आईतवार

एनपीएलमा विराटनगर किंग्सको लगातार दोस्रो जित

कोलोराडोखबर संवाददाता , November 23rd, 2025

नेपाल । नेपाल प्रिमियर लिग (एनपिएल) मा विराटनगर किंग्सले लगातार दोस्रो जित दर्ता गरेको छ ।

शनिबार भएको दोस्रो खेलमा काठमाण्डु गुर्खाजलाई पाँच विकेटले हराउँदै विराटनगरले दोस्रो जित दर्ता गरेको हो । सुरुमा ब्याटिङ गरेको काठमाण्डुले दिएको १३५ रनको लक्ष्य विराटनगरले १७ ओभर १ बलमा पूरा गरेको हो ।

काठमाण्डुले पुरै २० ओभर खेल्दै ६ विकेटको क्षतिमा १३४ रन बनाएको थियो । उसका लागि मोहम्मद आदिल आलमले सर्वाधिक ४८ रन बनाउनुभयो ।

जवाफी ब्याटिङ गरेको विराटनगरले १७ ओभर एक बलमा १३५ रनको लक्ष्य पाँच विकेटको क्षतिमा भेट्टाएको हो । विराटनगरका लागि जर्ज मुन्सेले सर्वाधिक ३६ रन बनाउनुभयो।

काठमाण्डुका लागि साहब आलमले दुई विकेट हात पार्दा करण केसी, सन्तोष यादव र गेरहार्ड इरास्मसले एकएक विकेट हात पर्नुभयो ।

यो जितसँगै दुई खेल खेलेको विराटनगरले चार अंक जोडेको छ । विराटनगरले पहिलो खेलमा पोखरा एभेन्जर्सलाई ५३ रनले हराएको थियो ।

काठमाण्डुले भने लगातार दोस्रो हारको सामना गरेको छ । उद्घाटन खेलमा जनकपुर बोल्टसलाई पाँच विकेटले हराएको काठमाडौं दोस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग २९ रनले पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्