–सुदीपभद्र खनाल–
खुशी थिएँ म
स्वच्छन्द विन्दास
म आउँदा
थाहैनपाइ
उ पनि सँगै आएको रहेछ
मेरो फूलवारीमा
एकदिन अनायास उ आयो र
ममाथी टाँसिदियो यौटा ट्याग
डराएँ म
त्यसबाट उम्केर सम्हालिएर
बढ्दै थिएँ अगाडि
उ फेरी आयो फर्केर
र लगायो दोश्रो चिन्ह
म फेरी तर्सेँ फेरी डराएँ
सम्हालिएँ उठेँ र हिँड्न थालेँ
केही समयपछि
उ फेरी आयो र
टाँसिदियो तेश्रो चिन्ह
म फेरी उठेँ फेरी
सम्हालिएँ फेरी अगाडि बढेँ
उ पुन: आयो
र टाँस्यो अर्को सूचना
म पुन: उठ्ने कोशिस गर्दै थिएँ
त्यो पुन: देखापर्यो
नयाँ सूचना दियो
र भन्यो
अब आउँदा
अन्तिम सूचना दिनेछु म तिमीलाई
सकेको गर्नू
त्यसदिनदेखि
मन चिसो
हात गोडा सबै चिसा
मुटु चिसो भएको छ
त्रसित त्रसित
सोचिरहेको छु
ऊ कहिले आउँछ हँ ?
–अमेरिका ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्