२८ कार्तिक २०८२, शुक्रबार

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपाल बंगलादेशसँग २-२ को बराबरीमा

कोलोराडोखबर संवाददाता , November 14th, 2025

नेपाल । नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा बंगलादेशलाई २–२ को बराबरीमा रोकेको छ ।

इन्जुरी समयको तेस्रो मिनेटमा अनन्त तामाङले उत्कृष्ट फिल्क गोल गरेपछि नेपालले बंगलादेशलाई उसैको मैदानमा २–२ को बराबरीमा रोकेको हो ।

खेलमा नेपालले सुरुआती अग्रता बनाए पनि त्यसलाई जोगाउन सकेन । २९औँ मिनेटमा रोहित चन्दको गोलमा नेपालले अग्रता बनाएको थियो । तर, ४६औँ मिनेटमा हम्जा चौधरीले गोल गरेपछि बंगलादेश खेलमा फर्किएको थियो । हम्जाले उत्कृष्ट ‘एक्रोबेटिक’ गोल गर्दै घरेलु समर्थकमाझ बंगलादेशलाई खेलमा फर्काएका थिए । त्यसको चार मिनेटपछि नै हम्जाकै गोलमा बंगलादेशले २–१ को अग्रता बनायो । हम्जाले पेनाल्टीमार्फत गोल गरे ।

तर, इन्जुरी समयमा अनन्तले ‘फिल्क’ गोल गरेपछि नेपाल खेलमा फर्किएको हो । दिनेश हेन्जनले गरेको कर्नरलाई अनन्तले जाली चुमाएका हुन् ।

नेपालले अब एएफसी एसियन कप छनोट तेस्रो चरणमा मलेसियाविरुद्ध नोभेम्बर १८ मा खेल्ने तालिका छ ।

प्रतिक्रिया दिनुहोस्