२४ कार्तिक २०८२, सोमबार

अनेसास कोलोराडोको आयोजनामा ११७औं भानु जयन्ती तथा पुस्तक बिमोचन कार्यक्रम सम्पन्न

कोलोराडोखबर संवाददाता , November 10th, 2025

-नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । कोलोराडोमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म जयन्तीको अवसर पारेर आयोजित कविता वाचन तथा पुस्तक बिमोचन कार्यक्रम सम्पन्न भएको छ ।

बरिष्ठ पत्रकार हरिहर बिरहीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा १० बर्षिय बालक आरभ प्रसाइद्वारा लिखित उपन्यास बिमोचन तथा कविता वाचन कार्यक्रम सम्पन्न भएको हो ।

अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कोलोराडो च्याप्टरद्वारा अयोजित कार्यक्रमा महाकवि देवकोटाको तस्बिरमा पुष्पमाला अर्पण गर्दै कार्यक्रम अगाडी बढाइएको थियो । कार्यक्रममा च्याप्टरका सचिव परिवेश शर्माले स्वागत मन्तव्य प्रस्तुत गर्दै उपस्थित अतिथि, साहित्यकार सबैलाइ स्वागत गरेका थिए ।

कार्यक्रममा उपस्थित बालबालिकाहरूले महाकवी देवकोटाप्रति आआफ्नो सृजना वाचन सहित श्रद्धा सुमन अर्पण गरेका थिए । यसै क्रममा बालबालिकाहरूले महाकवि देवकोटाको जीवनी, उनका साहित्यक रचना र त्यसले नेपाली साहित्य क्षेत्रमा पुर्याएको योगदान बारे प्रस्तुत गरेका थिए ।

च्याप्टर अध्यक्ष किरण अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रमको आकर्षण दश बर्षिया बालक आरभ प्रसाईद्वारा लेखिएको अङ्ग्रेजी उपन्यासको विमोचन रहेको थियो । पुस्तक विमोचन कार्यक्रमका प्रमुख अतिथि बिरही, साहित्यकार तथा समाजसेवी डा. विजयराज शर्मा, अनेसास केन्द्रीय महासचिव राजु सिटौला, च्याप्टर अध्यक्ष किरण अधिकारी, लेखक आरभ प्रसाई र उनका हजुरबुबा डा. खगेन्द्र दाहालले संयुक्त रूपमा गरेका थिए ।

साहित्यकार डा. विजयराज शर्माले देवकोटाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै बिमोचित पुस्तकको समीक्षा गरेका थिए । उनले किताब पढ्न र समिक्षा गर्ने अवशर पाएकोमा खुसी ब्यक्त गर्दै पाँच कक्षामा अध्यानरत दश बर्षिय बालकले काल्पनिक पात्रहरू सृजनागरी यति गहिरो कथा लेख्नु एक असाधारण प्रतिभा भएको भन्दै लेखकलाइ बधाइ सहित भबिश्यमा अझ राम्रा सृजनाहरूको लागी शुभकामना दिएका थिए ।

यसैगरी कार्यक्रममा लेखक आरभले अनेसास कोलोराडो च्याप्टरलाई धन्यवाद दिदै आफ्नो किताब बारे बताएका थिए । उनका हजुरबुबा डा। खगेन्द्र दाहाल, आरभकी साथी आरध्या ओली, आरभकी आमा सुस्रुता दाहाल प्रसाईले पुस्तकबारे आफ्ना विचार व्यक्त गर्दै आरभको सृजना र प्रयासप्रति गर्व सहित खुसी व्यक्त गरेका थिए ।

कार्यक्रममा मिलन कोइरालाले महाकवि लक्ष्मीप्रसाद देवकोटा व्यक्तित्व एवं उहाका कृती बारेमा बिष्तृत जानाकारी दिएका थिए । यसैगरी कार्यक्रममा उपस्थित कवी कवयत्री तथा साहित्य प्रेमीहरूबाट देवकोटा र मातृभुमीको वर्तमान स्थितीको बिषय बस्तुलाइ अधार बनाइ रचना गरिएको कविता वाचन गरेका थिए । यसरी कविता वाचन गर्नेहरूमा सरोज भुसाल, कृष्णमुरारी ढुङ्गेल , राजु सिटौला, विजयदेव अधिकारी, विकास त्रिपाठी, हरिराजशर्मा अर्याल, पार्वती शर्मा, खगेन्द्र दाहाल, भगवती दाहाल, भुपेन्द्र महत लगायतका रहेका थिए ।

कार्यक्रमा वरिष्ठ पत्रकार हरिहर विरहीले प्रवासमा रहेको बेलामा पनि लक्ष्मी जयन्ती जस्तो पवीत्र कार्यक्रममा सहभागी हुनपाएकोमा खुशी ब्यक्त गर्दै देवकोटाको जीवनी र कृतीहरूलाई राष्ट्र राष्ट्रियता, मानवताको प्रतीकको रूपमा व्याख्या गरे । उनले देवकोटाको बिचार केवल कविताहरपहरूमा सीमित नभै आज पनि राष्ट्रिय जागरण मन्त्र बनेर गुन्जिरहेको बताएका थिए । अमेरीकाको एउटा स्टेटमा मात्रपनी यती धरै राष्ट्रप्रमी रहेका छन् भने विश्वभरी कतिहोलान भन्दै, आज मातृभुमी घाइते अवस्थामा छ यो पीडा महसुसगर्न सबैलाइ सुझाव दिए । त्यसैगरी उनले आरभलाइ पनि शुभकाना दिएका थिए । कार्यक्रममा पूर्व संचारकर्मी तथा समाजसेवी राजेन्द्र शर्माले लक्ष्मी जयन्ती तथा लेखक आरभका बारेमा आफ्ना भनाइहरू राखेका थिए ।

धन पौडेलद्वारा संचालित कार्यक्रमको अन्तमा सभापति किरण अधिकारीले कार्यक्रमा उपस्थित प्रमुख अतिथि, संघ संस्थाका पदाधिकारी, सहभागी बालबालिका र कवी कवयत्री साहित्यकारहरूलाई धन्यवाद दिदै आगामी दिनमा पनि यसरी साथ र सहयोग पाए अझ प्रभावकारी कार्यक्रम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस्