–आर.आर. चौलागाईं–
हाम्रो देशमा अहिले
खरानीको व्यापार खुब चलेको छ ।
गाउँगाउँमा खरानी छ
बस्तीबस्तीमा खरानी छ
देशभरि नै खरानी छ ।
उसले उसको डढाएको छ
उसले उसको डढाएको छ
अनि उसले उसको डढाएको छ ।
कृपया ! नढाँटीकन भन्नुहोला
आगो झोस्ने कामको शुभारम्भ कसले गर्नु भो ?
पत्ता लगाउन हामीलाई गाह्रो परेको छ
नत्र वहाँलाई उचित पुरस्कारको व्यवस्था छ ।
–हेटौंडा, मकवानपुर ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्