२० कार्तिक २०८२, बिहीबार

अमेरिकास्थित राम-गीता वाङ्मय मन्दिरद्वारा पुरस्कारका लागि कृति आह्वान

कोलोराडोखबर संवाददाता , November 6th, 2025

अमेरिका । अमेरिकास्थित राम-गीता वाङ्मय मन्दिर नेपालले पुरस्कारका लागि कृति आह्वान गरेको छ ।

मन्दिरले २०८० वैशाखमा घोषणा गरेबमोजिम स्थापना गरिएका चार विभिन्न पुरस्कारमध्ये प्रत्येक जोर वर्षमा समर्पण गरिने साहित्य लेखनतर्फको ‘प्रतीक ढकाल लक्ष्मी सर्वोत्तम कृति पुरस्कार’का लागि २०८० र २०८१ सालमा प्रकाशित कृतिहरूको मूल्यांकनका लागि दर्ता गर्न आह्वान गरेको छ ।

त्यस्तै, नाट्यविधातर्फको ‘अशेष मल्ल सावित्री नाट्यकर्म पुरस्कार’का लागि पनि २०८० र २०८१ सालमा प्रकाशित नाट्यकृतिहरू दर्ता गर्न आह्वान गरेको छ ।

यो पुरस्कार नाट्यकर्मसँग सम्बन्धित भएकाले नाट्य क्षेत्रमा योगदान दिने प्रतिभालाई मात्र प्रदान गरिने जनाइएको छ । कृति दर्ताका लागि इच्छुक स्रष्टा वा प्रकाशकले आगामी मंसिर मसान्तभित्र सबै विधाका कृतिहरू चार–चार प्रति बुझाउन भनिएको छ । दुवै पुरस्कारको राशि ५० हजार रुपैयाँ र सम्मानपत्र रहेको विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्