-नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । नेपाल सम्वत ११४६ को अवशरमा नेवाः खलः कोलोराडोले सिष्टर्स ग्रुप दिदी बहिनी समुह कोलोराडो र बरिष्ठ गायक, संगीतकार तथा समाजसेवी हिरण्य भोजपुरेलाइ पुरस्कृत गरेको छ ।
शनिबार संस्थाले नेपाल संम्बत ११४६ को अवशर पारेर कोलोराडो नेवाः खलः नेपाल संम्वत प्रवर्तक शंखधर साख्वा नेपाल संम्वत ११४५ सिरपा (पुरस्कार) सिष्टर्स ग्रुप दिदी बहिनी समुह कोलोराडो र कोलोराडो नेवाः खलः शताब्दी पुरुष सत्यमोहन नेपाल सम्वत ११४५ सिरपा (पुरस्कार) हिरण्य भोजपुरे प्रदान गरिएको हो । नेपाली सांस्कृतिक केन्द्र नेपाली घरको प्राङगणमा संखधर साख्वाको तस्विर, प्लेकार्ड र धिमेबाजा सहितको रर्याली पछि आयोजित बिशेष समारोहमा उनिहरूलाइ भब्यताका साथ सम्मान गरिएको हो ।
सगरमाथा आरोही रोहित श्रेष्ठ प्रमुख अतिथ्यता तथा बोल्डर काउन्टी कमिस्नर मार्था लोचाअमिनको विशेष अतिथ्यता रहेको कार्यक्रम नेपाल र अमेरिकाको राष्ट्रियगान र प्रमुख अतिथी र बिशेष अतिथीबाट संयूक्त रूपमा पानसमा बत्तीबाली शुरू गरिएको थियो ।
खलःका अध्यक्ष भुषणलाल श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष प्रेमकाजी श्रेष्ठले स्वागत मन्तब्य सहित उपस्थित सबैलाई न्हु दँया भिन्तुना (नयाँ वर्षको शुभकामना) व्यक्त गरेका थिए ।
त्यसपछी पुरस्कार बितरण तथा कार्यक्रममा कोलोराडो नेवाः खलः शताब्दीपुरूष सत्यमोहन सिरपा (पुरस्कार) अमेरिकाको कोलोराडोमा भाषा, साहित्य, कला, संगीत र संस्कृतिको जगेर्ना र विकासमा योगदान पुर्याएका हिरण्य भोजपुरेलाइ र कोलोराडो नेवाः खलः नेपाल संम्वत प्रवर्तक शंखधर साख्वा सिरपा (पुरस्कार) सिष्टर्स ग्रुप दिदी बहिनी समुहलाइ, नेपाल स्थित राष्ट्रिय विभुती शंखधर साख्वा प्रतिष्ठान र शताब्दीपुरूष सत्यमोहन सिरपा लोक साहित्य परिषद संग आवद्ता भै प्रदान गर्न गरेको थियो ।
कार्यक्रममा संस्थाले आयोजना गरेको इन्द्रजात्रा लगायत विभिन्न सांस्कृतिक कार्यक्रमहरूमा सहयोग पुर्याउने व्यक्तित्वहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो । जसमा कुमारी, गणेश, भैरव, लाखे, झ्यालिंचा, स्वयंसेवक, कलाकार, प्रायोजक र आजीवन सदस्य लगायतकाहरूलाई प्रमुख अतिथि रोहित श्रेष्ठ, बिशेष अतिथी मार्था लोचाअमिन, नारायण श्रेष्ठ, खलःका अध्यक्ष भुषण र श्रेष्ठ प्रेमकाजी श्रेष्ठ लगायतबाट प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको थियो ।
पुरस्कार ग्रहणपछि मन्तब्यको क्रममा हिरण्य भोजपुरेले सबैलाइ नयांबर्षको शुभकामना दिदै प्रवासमा यस्तो भब्य समारोहमा शताब्दीपुरूष सत्यमोहन सिरपा (पुरस्कार) पाउँदा धेरै गौरवान्बित भएको बताएका थिए । त्यसैगरी सिष्टर्स ग्रुप दिदी बहिनी समुहका अध्यक्ष शान्ति भुषालले आफ्नो संस्था प्रति उच्च मुल्याङकल गर्दै पुरस्कृत गरिएकोमा आयोजक यसैसंस्थालाइ धन्यवाद दिएकी थिइन् ।
नयाँवर्षको शुभकामना आदानप्रदान गर्ने क्रममा कार्यक्रममा उपस्थित सङ्घसंस्थाका प्रतिनिधिहरू तथा समाजसेवीहरूले शुभकामना मन्तव्य दिएका थिए । यसरी शुभकामना मन्तब्य दिनेहरूमा हेल्पिङ हेन्डका अध्यक्ष तथा समाजसेवी नारायण श्रेष्ठ, साहित्यकार तथा समाजसेवी डा. विजयराज शर्मा, नेपाली घरका उपाध्यक्ष गङ्गा चौलागाईं र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बोर्ड अफ ट्रस्टीका अध्यक्ष पदम विश्वकर्मा, रकी माउन्टेन फ्रेन्ड्स अफ नेपालका अध्यक्ष आकृति राई, एनआरएन कोलोराडो च्याप्टरका अध्यक्ष चन्द्र गुरुङ लगायतका रहेका थिए । कार्यक्रममा कलाकार बहिनीहरूले कुशल नृत्य प्रर्दशन गरेका थिए ।
सबिता श्रेष्ठले संचालन गरेको कार्यक्रमको अन्तमा खलःका उपाध्यक्ष मनोजकाजी तुलाधरले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।


कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्