५ कार्तिक २०८२, बुधबार

नेपाली घरको सहयोगार्थ कोलोराडोमा खेलिएको देउसी भैलोबाट १७ हजार डलर संकलन

कोलोराडोखबर संवाददाता , October 22nd, 2025

-नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । नेपाली सांस्कृतिक केन्द्र (नेपाली घर) को सहयोगार्थ कोलोराडोको बिभिन्न शहरमा खेलिएको देउसी भैलो कार्यक्रमबाट १७ हजार ४० डलर संकलन भएको छ ।

कोलोराडोमा क्रियाशील संस्था नेपाली घरको संयोजन तथा स्थानीय संघ संस्था र समाजसेवीहरुको सहयोगमा नेपालीहरुको दोश्रो ठूलो महान चाड तिहारको अवसरमा देउसी भैलो कार्यक्रम सम्पन्न हो । यसअघिका बर्षहरुमा जस्तै यस बर्षपनि शुभकामना आदान प्रदान सहित नेपाली सांस्कृतिक केन्द्रको सहयोगार्थ देउसी भैलो कार्यक्रम आयोजना गरिएको हो ।

यसरी देउसी भैलो खेलिएका स्थानहरुमा कोलोराडोको दक्षिणी क्षेत्र अरोराको सेन्टेनियल र नेपाली सांस्कृतिक केन्द्र नेपाली घर रहेका छन् । अरोराको सेन्टेनियलमा स्थानीय समाजसेवी राज ढुंगानाको संयोजनमा अक्टोबर १७ तारिक शुक्रबार सांझ ६ बजे देखी राती ९ः३० बजेसम्म संचानल भएको देउसी भैलो कार्यक्रमा ६ हजार ७ सय ७९ डलर संकलन भएको नेपाली घरका बरिष्ठ उपाध्यक्ष गंगा चौलागाइले बताएका छन् ।

यसैगरी नेपाली साँस्कृतिक केन्द्र नेपाली घरमा नेपाली घरका बोर्ड अफ डिरेक्टर चन्द्रकान्त अधिकारीको संयोजन तथा कल्चर एण्ड ईभेन्ट अफिसर दिनेश कार्कीको सह संयोजनमा अक्टोवर १९ तरिक आइतबार सांझ ५ बजेदेखि ९ बजेसम्म आयोजित देउसी भैलो कार्यक्रम १० हजार २ सय ६१ डलर संकलन भएको नेपाली घरका महासचिव भोला कटुवालले बताएका छन् ।

बिशेष गरी नया पुस्तालाई हाम्रो रहन सहन, भाषा, सँस्कृती तथा भेष षाको जानाकारी गराउन, यहांका स्थानीय बासिन्दाहरुलाई नेपालीको भाषा र संस्कृतीको पहिचान गराउन तथा नेपालीभाषी समुदायको आस्थाको केन्द्र नेपाली सांस्कृतिक केन्द्रलाई आर्थिक सहयोग जुटाउन देउसी भैलो कार्यक्रम आयोजना गरिएको हो ।

प्रवासमा यस्ता कार्यक्रमले मातृभूमिको स्मरण गराउने तथा कर्मथलोमा जन्मथलोको सस्कृती पहिचान गराउने नेपाली घरका पूर्वअध्यक्ष लछुमन रानाले बताएका छन् । उनले नेपालीभाषी समुदायको आस्थाको धरोहर नेपाली सांस्कृतिक केन्द्र भवनको मर्मत संभार तथा मर्गेज तिर्न संकलित रकमले सहयोग हुने बताए । संकलित रकम खर्च कटाएर नेपाली घरको खातामा जम्मा गरिने बताइएको छ ।

दुबै स्थानका कार्यक्रम साना बाबुनानीहरूले नेपालको राष्ट्रियगान गाएर अगाडि बढाएका थिए । कार्यक्रममा गायिका संझना पाण्डे लगायतका बिभिन्न कलाकारहरूको शुमधुर गीत संगीतले श्रोता दर्शकको मनजित्न सफल भएका थिए । कार्यक्रममा साना भाइ बहिनीहरूले कुशल नृत्य प्रर्दशन गरेका थिए । अरोराको देउसी भैलोमा ५३ परिवारले नाम लेखाएर दान दिएका थिए भने नेपाली सांस्कृतिक केन्द्रमा ७३ परिवारले नाम लेखाएर तथा केहीले नाम नलेखाइ नाग्लोमा राखेका थिए ।

देउसी भैलो कार्यक्रममा कोलोराडोमा बसोबास गर्नुहुने गन्य मान्य, समाजसेवी, संघ संसथाका पदाधिकारी, कलाकार, पत्रकार, बुद्धिजिवी, ब्यापारी तथा नेपालीभाषी बाआमा, दाजुभाइ दिदीबहिनी उपस्थिती रहेको बाक्लो उपस्थिती रहेको थियो ।

कार्यक्रम धेरैजसो सहभागी पुरुषहरु दौरासुरुवाल, ढाकाको टोपी र महिलाहरु साडी चोलो लगाएर सहभागी भई कार्यक्रमको शोभा बढाई दिएका थिए । कोलोराडोमा नेपाली घरको संयोजन तथा स्थानीय संघ संस्थाको सहभागीतामा हरेक बर्ष देउसी भैलो कार्यक्रमको आयोजना हुँदै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्