-घनश्याम न्यौपाने ‘परिश्रमी’-
पतनकाे
गर्तमा लुकेर
भ्रष्टाचारीहरू
अझै दम्भ ओकल्दै छन्
र पराेक्षतः
सामाजिक सञ्जालका
मैदानहरूमा
छरिँदै छन्
भाषाका माध्यमबाट
जाे विषालु सर्प हुन्,
सत्तालाेलुपताकाे
नाङ्गो चाहना
अझै जीवित छ
र त बर्बराउँदै छन्
यसरी
” हाम्रो समर्थन छ
हामी सच्चिनेछौँ
हामी त्यही बाटोमा हिँड्छौँ
किशाेरहरू! युवाहरू!!
जुन तिमीहरूले
प्रशस्त गरेका छौ”,
तानाशाहका
आततायी पिछलग्गुहरू
कुनै पनि बेला
उठ्ने दाउ पर्खिँदै छन् ,
भ्रष्टाचारीका
आतङ्ककारी अन्धा समर्थकहरू
मौका खाेज्दै छन्
अनुकूल,
सामन्तवादका
परम भक्तहरू
आशातीत
अवसरकाे
पर्खाइमा छन् ,
सतर्क हुनू
अत्याचार, भ्रष्टाचार,
अनि.. शाेषण-दमनको
अँध्यारो भत्काउन
जुर्मुराउँदै जुरुक्क उठेका
देशभक्त / राष्ट्रवादी
तिमीहरू
अर्थात् किशोरहरू! युवाहरू !!
तिमीहरूकाे
सतर्क अनुगमनको
अविच्चिन्न निरन्तरता
राष्ट्रकाे
सुन्दर भविष्यका लागि
अपेक्षित छ/ आवश्यक छ !
-नेपाल ।
प्रतिक्रिया दिनुहोस्