३ आश्विन २०८२, शुक्रबार

‘उत्कृष्ट गन्तव्य कालिन्चोक’ पुस्तक लोकार्पण

कोलोराडोखबर संवाददाता , September 19th, 2025

नेपाल । दोलखा जिल्लाको कालिन्चोकबारे लेखिएको ‘उत्कृष्ट गन्तव्य कालिन्चोक’ पुस्तक लोकार्पण भएको छ ।

पत्रकार एवं लेखक रोहिणीप्रसाद घिमिरेले लेख्नुभएको पुस्तकको लोकार्पण कामना न्युज पब्लिकेसन्सका प्रबन्ध निर्देशक दिरेकलाल श्रेष्ठ र नेपाल समाचारपत्रका सम्पादक सागर पण्डितलगायतले संयुक्त रूपमा गर्नुभयो ।

प्रबन्ध निर्देशक श्रेष्ठले सो पुस्तकले यस क्षेत्रको धार्मिक पर्यटनमा वृद्धि हुने आशा व्यक्त गर्नुभयो । यसै गरी सम्पादक पण्डितले कालिन्चोकको यात्रा गर्दा यस पुस्तकको अध्ययन गरी कालिन्चोकबारे जानकारी लिएर गएमा सहज हुने विचार व्यक्त गर्नुभयो ।

लेखक घिमिरेले पुस्तकमा कालिन्चोकको कुरी बजार, कालिन्चोक पर्वत, सो क्षेत्रमा भेटिएको तरबार, त्यहाँ सिद्धि प्राप्त गर्ने खप्तड बाबासहित महान् योगीका बारेमासमेत उल्लेख गरिएको छ । पुस्तकमा प्रख्यात तीर्थस्थल कालिन्चोक भगवती स्थानलगायत सो क्षेत्रसँग सम्बन्धित विविध विषयमा २६ शीर्षकमा वर्णन उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्