१ आश्विन २०८२, बुधबार

एसिया कप क्रिकेटमा बंगलादेशद्वारा अफगानिस्तान पराजित

कोलोराडोखबर संवाददाता , September 17th, 2025

नेपाल । एसिया कप क्रिकेटमा बंगलादेशले अफगानिस्तानलाई पराजित गरेको छ। अन्तिम ओभरसम्म निकै रोमाञ्चक बनेको खेलमा बंगलादेशले अफगानिस्तानलाई ८ रनले पराजित गरेको हो ।

बंगलादेशले टी २० अन्तर्राष्ट्रियमा पहिलो पटक अफगानिस्तानलाई पराजित गरेको हो । यो जितसँगै बंगलादेशले शीर्ष ४ को सम्भावना कायमै राखेको छ।

युनाइटेड अरब इमिरेट्स ९यूएई०को अबुधाबीस्थित जायद क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १५४ रन बनाएको थियो।

बंगलादेशले दिएको १५५ रनको विजयी लक्ष्य पछाएको अफगानिस्तान अन्तिम बलमा अन्तिम विकेट गुमाउँदै १४६ रनमा अलआउट भएको हो।

अफगानिस्तानका लागि ओपनर ब्याटर हमानुल्लाह गुरबाजले सर्वाधिक ३५ रन बनाए। अर्का ओपनर सेदीगुल्ला अटल भने डकआउट भएका थिए। अज्मतुल्ला ओमरजाईले ३० रन बनाउँदा कप्तान रसिद खानले २० रन बनाए।

बंगलादेशका लागि बलिङतर्फ मुस्तफिजुर रहमानले सर्वाधिक ३ विकेट लिए। नसुम अहमद, तास्किन अहमद र रसिद होसेनले समान २–२ विकेट लिए।

पहिलो इनिङमा ब्याटिङ गरेको बंगलादेश का लागि ओपनर ब्याटल तान्जीन हसनले सर्वाधिक ५२ रनको अर्धशतकीय पारी खेले। अर्का ओपनर शैफ हसनले ३० रन बनाए। कप्तान लिटोन दास भने ९ रनमा एलबीडब्लु भए। तोहीद रिडोएले २६ रन बनाए। जाकर अलि र नुरुल हसन समान १२–१२ रनमा अविजित रहे।

अफगानिस्तानका लागि कप्तान रसिद खान र नुर अहमदले समान २–२ विकेट लिए। अज्मतुल्ला ओमरजाईले १ विकेट लिए।

प्रतियोगिता अन्तरगत आज आयोजक यूएई र पाकिस्तान खेल्नेछन्।

प्रतिक्रिया दिनुहोस्